images

चार्ल्स विश्वविद्यालयमा गोली प्रहार,१० जनाको मृत्यु

काठमाडौं। युराेपेली मुलुक चेक रिपब्लिकको एक विश्वविद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाकाे मृत्यु भएकाे छ । चेकको प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

घटनामा २० जना घाइते भएका छन् । २४ वर्षीय ती बन्दुकधारीले विश्वविद्यालयमा अन्धाधुन्द गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ ।

राष्ट्रपति पेटर पावेलले प्रागको चार्ल्स विश्वविद्यालयमा भएको गोलाबारीबाट स्तब्ध भएको बताएका छन् । पेरिसको दुईदिने भ्रमणमा रहेका पावेलले गोलीकाण्डमा मारिएका हरुका परिवारप्रति गहिरो दुःख र समवेदना प्रकट गरेका छन् ।