images

तरुण दलद्वारा जाजरकोटका भूकम्प पीडितहरुका लागि ७० अस्थायी घर टहरा निर्माण

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले जाजरकोटका भूकम्प पीडित प्रभावितहरुका लागि ७० वटा घर टहरा निर्माण गरेको छ।

गत कार्तिक १७ गते गएको विनाशकारी भूकम्पका कारण जाजरकोटका सयौं परिवारहरु घरबार विहिन बनेका थिए। उनीहरुलाई तत्कालका लागि राहत होस् भन्ने ढंगले तरुणदले एक सयवटा अस्थायी घर टहरा निर्माण गर्नका लागि जुटिरहेको छ। ज्स अन्तरगर्त ७० वटा अस्थायी घर टहरा निर्माण भईसकेको तरुण दलका केन्द्रीय सदस्य पशुपति पोखरेलले स्पेस समाचारलाई जानकारी दिएका छन् ।

नेपाल तरूणदलको केन्द्रीय कार्य समितिको २० जनाको टोलि जाजरकोट पुगेर निरन्तर रुपमा अस्थायी टहरामा निर्माण कार्यमा जुटिरहेको छ ।

पुस ३ गते नेपाल तरूणदलका केन्द्रीय अध्यक्ष विद्वान गुरूङको संयोजकत्वमा र नेपाल तरूणदलका केन्द्रीय सदस्य दिनश राईको उप संयोजकत्वमा जाजरकोट प्रस्थान गरेको तरुणको टोलीले एक सय वटा अस्थायी टहरा बनाउने लक्षका साथ काम गरिरहेको छ ।


तरूणदल हालसम्म ७० वटा टहरा निर्माण गरि सकेको छ। अबको एक हप्तामा १०० टहरा निर्माण गरेर काठमाडौ फर्कदै छौं केन्द्रीय सदस्य पोखरेलले भने । उनले तरुण दल गफ गर्ने मात्र नभएर जनताको दुःख सुखमा साथदिने र काम गर्ने संगठनको रुपमा पहिचान बनाएको दाबी गरे । केन्द्रीय सदस्य पोखरेलका अनुसार नेपाल तरूणदलका केन्द्रीय सदस्य सुरेश लामा ,अशोक झा, गुरू दाहाल निरज पर्जापति,सरोस शाही लगायतका तरूण केन्द्रीय सदस्यहरू निरन्तर रुपमा अस्थायी घर टहरा निर्माणमा जुटिरहेका छन।