
काठमाडौं । इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–किद्राका अनुसार हालसम्म इजरायलको आक्रमणबाट २१ हजार १ सय १० जनाको मृत्यु भएको छ भने ५५ हजार २ सय ४३ जना घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै इजरायली आक्रमणमा १ सय ९५ जना मारिएका छन् ।
यसैबीच उत्तरी वेस्ट बैंकको तुलकर्म शहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली सेनाले ड्रोन आक्रमण गर्दा ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।