images

बंगलादेशमा एक वर्षको अवधीमा २६६ एचआईभी संक्रमितको मृत्यु

काठमाडौं । बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ । यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो ।

यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले पत्रकार सम्मेलन आयोजना गरी यो वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ ।

यो वर्ष संक्रमितमध्ये एक हजार ११८ बंगलादेशी नागरिक र बाँकी १५८ जना म्यानमारका रोहिंग्या बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेकाहरू रहेको बताएको बताइएको छ । तथ्यांक प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ संक्रमित पहिचान भएको जानकारी दिए ।

बंगलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । हालसम्म १० हजार ९८४ सङ्क्रमितको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ ।