काठमाडौं । फिल्म ‘द अन ब्रेकेबल अगस्त्य ःच्याप्टर १’ को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति तय भएको छ। उक्त फिल्म आगामी फागुन १८ गते रिलिज हुने भएको हो ।
सौरभ चौधरी लिखित तथा निर्देशित उक्त फिल्मको सोमबार दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो। पोस्टरमा सौगात मल्ललाई ुसौर्यु पात्रको रूपमा चित्रित गरिएको छ। एक पोस्टरमा सौगातको कसिलो शरीर देख्न सकिन्छ भने अर्को पोस्टरमा उनी गोरखपुरको रेलवे अगाडि हिडिरहेको देख्न सकिन्छ।

यस फिल्ममा सौगातको साथै नाजिर हुसेन, मलिका महत्त, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतको अभिनय छ। डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार फिल्ममा संजय लामाको छायांकन छ।
प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेलको लगानी रहेको फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ।


स्पेस समाचार







