images

बंगलादेशको आम चुनाव स्वतन्त्र वा निष्पक्ष नभएको अमेरिकाको टिप्पणी

काठमाडौं–अमेरिकाले बंगलादेशमा भएको आम चुनाव स्वतन्त्र वा निष्पक्ष नभएको टिप्पणी गरेको छ । विपक्षी दलको बहिस्कारका बाबजुत बंगलादेशमा भएको निर्वाचनमा सत्तारुढ अवामी लिगले अत्यधिक बहुमत पाएको थियो ।

४० प्रतिशत मत खसेको चुनावमा २९९ मध्ये २२३ सीट सत्तारुढ आवमी दलले जितेको थियो । अमेरिकाले भने निर्वाचनमा विपक्षीले भाग नलिएको र विपक्षी नेताहरुको गिरफ्तारीप्रति चिन्ता व्यक्त गरेको छ । उसले चुनावका क्रममा भएको हिंसाको पनि निन्दा गरेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यु मिलरले भने निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको अन्य पर्यवेक्षकहरूको धारणालाई अमेरिकाले सार्वजनिक गर्ने बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले बंगलादेशमा मानवअधिकार र नागरिक समाजलाई सहयोग गर्न र दुई देशबीचको जनताबीचको सम्बन्धलाई थप सुदृढ गर्ने गरी काम गर्न तत्पर रहेको पनि बताएको छ ।