images

कोशी प्रदेशको चौथो अधिवेशन अन्त्य

काठमाडौं–कोशी प्रदेशको चौथो संसद अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले प्रदेश सभाको चौथो अधिवेशन अन्त्य गरेका हुन् ।

कोसी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुखले बुधबार मध्यरातदेखि लागु हुने गरी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गरेका हुन् ।

कोशी प्रदेश सभाको चौथो अधिवेशन गत असोज १७ गते दिउँसो १ बजेदेखि सुरु हुने गरी आह्वान गरिएको थियो ।