काठमाडौं–बंगलादेशीकी प्रधानमन्त्री शेख हसिना चौथो कार्यकालका लागि नियुक्त भएकी छिन् । विवादित चुनावमा बङ्गलादेश अवामी लीगले बहुमत हासिल गरेपछि उनीलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
हसिनाले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणा दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।
निर्वाचन आयोगले मंगलबार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमा भएको निर्वाचनमा २२२ सिट जितेको थियो । विपक्षी दलले भने चुनाव वहिस्कार गरेको थियो ।