images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा युद्ध विराम अस्वीकार

काठमाडौं–युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्धविराम अस्वीकार गरेका छन् । उनले युद्धविराम गरे पनि रुस माथि हुने र आफूहरूलाई कुल्चिन सक्ने बताएका छन् ।

सन् २०२२ फेब्रुअरीमा रुसको पूर्णस्तरको आक्रमणपछि कहिलेकाहीँ सीमित युद्धविरामको प्रस्ताव गरिएको थियो तर लागु गरिएको छैन । २२ महिनाको युद्धपछि र लामो संघर्षको सम्भावनाका साथ दुवै पक्षले आफ्ना हतियार पुनः बढाउन प्रयास गरिरहेका छन् ।

जेलेन्स्कीले युक्रेनलाई रुसी आक्रमणबाट बचाउन हवाइ रक्षा प्रणाली आवश्यकता रहेको बताएका छन् । उनका अनुसार रुसले बारम्बार युक्रेनी क्षेत्रमा नागरिकहरूमाथि हवाइ आक्रण गरिरहेको छ तर मस्कोका अधिकारीहरूले उनीहरूको लक्ष्य केवल सैन्य लक्ष्यलाई निशाना बनाउनु रहेको बताएका छन् ।

किएभमा अधिकारीहरूका अनुसार हालै ठूलो स्तरमा रुसी ब्यारेजबाट डिसेम्बर २९ र जनवरी २ का बिचमा ५०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरिएको थियो