images

कांग्रेसलाई एक नम्बर पार्टी बनाउन राम्रो पर्फमेन्स गरौं- नेता सिंह

पोखरा- नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसलाई नम्बर १ पार्टी बनाउन राम्रो पर्फमेन्स गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सबैले प्राप्त जिम्मेवारीमा राम्रो पर्फमेन्स गरे कांग्रेस आगामी दिनमा पनि नम्बर १ पार्टी हुने बताए ।

सबैले प्राप्त जिम्मेवारी राम्रोसँग पूरा गरे पार्टी आफै सुदृढ हुने भन्दै नेता सिंहले एकले अर्कोलाई आक्षेप लगाएर पार्टी उँभो नलाग्ने पनि बताए । कार्यकर्तामा नैराशयता आउनु नराम्रो हुने भन्दै उनले नेतृत्व सजग हुनुपर्ने पनि बताए । नेता सिंहले मुद्दाहरूमा पार्टीभित्र फरक मत हुनु स्वभाविक भएको पनि बताए ।

अहिले चुनाव अघिको गठबन्धन कि पछिको भन्नेमा पार्टीभित्र बहस चलिरहेको भन्दै महासमिति बैठकमा यसबारे पनि छलफल हुने भन्दै उनले कार्यकर्ताहरूलाई सुझाव दिन पनि आग्रह गरे । पार्टीलाई बलियो बनाउन सिर्जनात्मक र तथ्यगत सुझाव दिन आग्रह गर्दै उनले क्रियाशिल सदस्यदेखि पदमा रहेकाहरूसमेत जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले राष्ट्रिय सभामा पार्टीले बनाएका उमेदवारलाई जिताउनका लागि लाग्न पनि आग्रह गरे ।