images

इरान र पाकिस्तान हमालामा ११ जनाको मृत्यु

काठमाडौं–इरान र पाकिस्तानले यस हप्ता एक अर्काको क्षेत्रमा हवाई आक्रमण गर्दा ११ व्यक्ति मारिएका छन् ।

यी आक्रमणले दुई छिमेकीबीचको सम्बन्धलाई थप जटिल बनाएको छ । मंगलबार इरानले पाकिस्तानमा रहेको सुन्नी चरमपन्थी संगठनको अखडामा आक्रमण गरेको थियो भने बिहीबार पाकिस्तानले इरानभित्रै जवाफी कारबाही गरेको थियो ।

दुवैले आतंककारी समूहमाथि आक्रमण गरेको तर, त्यहाँका सर्वसाधारणमाथि आक्रमण नगरेको बताएका छन् । इरान र पाकिस्तानको सीमा क्षेत्रमा सक्रिय सशस्त्र विद्रोही समूहहरू बलुचहरूका लागि स्वतन्त्र बलुचिस्तान देश चाहन्छन् ।

बलुचिस्तान क्षेत्र पाकिस्तान, इरान र अफगानिस्तान तीन देशमा पर्छ । इरान र पाकिस्तानले आफ्नो क्षेत्रमा विद्रोही समूहमाथि आक्रमण गर्नुको सट्टा एकअर्काको क्षेत्रमा आक्रमण गरेका छन् ।