images

भारतको मणीपुरमा फेरी भड्कीयो हिंसा,सेनाका तीन जवानसहित ८ जनाको मृत्यु

काठमाडौं–केही समय शान्त रहेको भारतको मणिपुर राज्यमा फेरि हिंसा भड्किएको छ ।

मणिपुरमा फैलिएको जातीय द्वन्द्व फेरि हिंसामा परिणत भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पछिल्लो हिंसामा पाँच सर्वसाधारण र सेनाका तीन जवानसहित आठ जनाको मृत्यु भएको बताइएको छ । सेनासँग भएको पछिल्लो झडपमा अन्य सयौं मानिस घाइते भएका छन् ।

मणिपुरका अधिकांश क्षेत्रमा हिंसात्मक घटना बढ्न थालेको छ । झण्डै एक वर्ष यता मणिपुरमा जातीय द्वन्द्व चलिरहेको छ । त्यहाँ फैलिएको जातीय विद्वेषका कारण २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । हजारौं मानिस मणिपुरबाट विस्थापित भएका छन् ।