images

बसको ठक्करबाट कांग्रेस नेता एवम् पूर्वमन्त्री पौडेलको मृत्यु

काठमाडौं– बसले ठक्कर दिँदा कांग्रेस नेता एवम् पूर्वमन्त्री बलराम पौडेलेको मृत्यु भएको छ । चितवनकाे भरतपुर महानगरपालिका वडा नं १७ विजयनगर घर भएका ६६ वर्षका पौडेलको नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिएको थियो ।

बुधबार बिहान ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकल लाई कालीगण्डकी चोक नजिकै राजमार्गमा ठक्कर दिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको हो । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै मत्यु भएको हो ।

 

पौडेल २०७८ पुस ९ गते बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री भएका थिए । उनी कांग्रेसको महासमिति सदस्य हुन् ।

पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । उनको छोरा विदेश रहेकोले नेपाल आएपछि मात्रै अन्त्येष्टि गरिने उनका आफन्तजनले जनाएका छन् । पौडेललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।