images

गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपायहरूको खोजि गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

काठमाडौं– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रहरूमा तनाव कम गर्ने उपायहरूको खोजि गर्न आह्वान गरेका छन् ।

संयुक्त राष्ट्र संघका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकार रहेकाले तत्काल तनाव कम गर्ने उपायहरुको बारेमा खोजि गर्न आह्वान गरेको उनको भनाइ छ । गुटेरेसले आफूले सो क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदमहरू चाल्न आह्वान गरिरहेको बताएका छन् । उनले राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकताहरू सम्बोधन गर्न खोजिरहेको उल्लेख गरेका हुन् ।

उनले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अनुभुति र न्याय तथा दिगो शान्ति र स्थिरतामा आवश्यक ध्यान दिनुपर्ने जिकीर गरे ।