images

कांग्रेस महासमिति बैठककाे तयारी तिब्र, उपसमितिका संयोजकहरु ताेकिए

काठमाडौं–सत्तारुढ दल नेपाली कांग्रेसले आगामी फागुन सात गते बस्ने महासमिति बैठकको तयारी तिब्र पारिरहेको छ । यसै सन्दभृमा नेपाली कांग्रेसको महासमिति बैठकको तयारीका लागि गठन भएका आठ वटा उपसमितिका संयोजक चयन गरिएका छन्।

कांग्रेस सभापति एवं तयारी मूल समितिका संयोजक शेरबहादुर देउवाले उपसमितिका संयोजकहरु तोकेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदय शम्शेर राणा र यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका छन्।

त्यस्तै, स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिमा ईन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिमा जितेन्द्र श्रेष्ठलाई संयोजक तोकिएको छ। श्रेष्ठ कांग्रेस ललितपुरका सभापति हुन्।