
काठमाडौं– इजरायली सेनाको आक्रमणबाट गाजापट्टीमा मारिनेको संख्या २७ हजार नाघ्यो, साढे ६६ हजार जना घाइते, आक्रमण जारी ।
इजरायली सेनाको आक्रमणबाट गाजापट्टीमा मारिनेको संख्या २७ हजार नाघको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म २७ हजार ३६५ जनाको मृत्यु भएको छ । ६६ हजार ६३० जना घाइते भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै इजरायली सेनाको आक्रमणबाट १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७८ जना घाइते भएका छन् ।