काठमाडौं– निर्वाचनको मिति नजिकिएसँगै पाकिस्तानमा हिंसाका घटनाहरु बढ्न थालेका छन् । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लाको एक प्रहरी चौकीमा भएको आतंककारी आक्रमणमा कम्तीमा १० जना प्रहरीको मृत्यु भएको छ ।
आक्रमणमा अन्य ६ जना घाइते भएका छन् । आतंककारी समूहले चौधवन प्रहरी चौकीमा स्नाइपर गन, स्वचालित राइफल र ह्यान्ड ग्रेनेडमार्फत आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ ।
आक्रमणलगत्तै थप सुरक्षाबल घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए । प्रहरीले उक्त क्षेत्रमा जाने सबै सडक बन्द गरेर खोजी जारी राखेको छ ।