images

सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने भन्दा पनि जोगाउने खेलमा तल्लिन छः एमाले नेता रिजाल

काठमाडौं–नेकपा एमालेका नेता विष्णु रिजालले सरकार भ्रष्टाचारीलाई कारबाही गर्ने भन्दा पनि जोगाउने खेलमा लागेको आरोप लगाएका छन् ।

स्पेस फोरके टेलिभिजनको स्पेस सम्वादमा कुरा गर्दै नेता रिजालले सरकारलाई समेत सिमित परिवारले चलाइरहेको बताएका छन् । पछिल्लो समय बाहिर आएको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा समेत प्रहरीले गरिरहेको अनुसन्धनामा राजनीतिक हस्तक्षेप हुनु गलत भएको उनको भनाइ छ । आरोप लागिसकेपछि अभियुक्तलाई हिरासतमा राख्नुको साँटो बिरामीको बहानामा अस्पतालमा राखिनुपनि शंकास्पद रहेको रिजालको तर्क छ ।

एक फरक प्रंसगमा कुरा गर्दै नेता रिजालले अहिले सरकार मुलुक बनाउन भन्दा पनि नेताहरु आफू बन्न पट्टी लागेको बताए । सरकारले जनतालाई डेलिभरी दिने सवालमा होस्, संसदमा बिजनेश दिने कुरामा सबैतिर चुकेको रिजालको भनाइ छ ।

मुलुकमा व्याप्त भ्रष्टाचार, घुसखोरी, विचौलियापनलाई सरकारले निरुत्साहित गर्न नसक्दा आलोचना खेपिरहेको छ । एकपछि अर्को आउने गरेका काण्डमा शुरुमा सरकार सक्रिय बन्ने पछि बिस्तारै सेलाउँदै जाने प्रवृत्तिले जनतामा निराशा छाएको हो ।

सुन्नुहाेस् नेता रिजालसँगकाे पूरा कुराकानी