images

समृद्धिका लागि दलहरु एकजुट हुनुपर्छः सभामुख घिमिरे

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको टिप्पणी गरेका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दल र नागरिकहरुले सामना गरेर अघि बढ्नुपर्ने बताए । मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको उनको भनाइ छ ।

सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको पनि बताए ।