images

नामिबियाले नेटरल्याण्डलाई दियो २०४ रनको लक्ष्य

काठमाडौं–नामिबियाले नेटरल्याण्डलाई २०४ रनको लक्ष्य दिएको छ । त्रिवि खेलकुद मैदान कीर्तिपुर भइरहेको सीडब्लु सी लिग २ खेल अन्तर्गत नामिबियाले टस हारेर पहिला ब्याटिङमा उत्रिएको थियो ।

सीडब्लु सी लिग २ अन्तर्गतको खेलमा अहिलेसम्मकै उच्च लक्ष्य हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले ४१.३ ओभरमा अलआउट हुनुअघि दुई सय तीन रन बनाएको हो ।

नामिबियाका लागि जन निकोल लफ्टी एटनले ४९ रन बनाए । रन आउट भई पेभेलियन फर्किनुअघि उनले ४३ बलमा दुई छक्का र ६ चौका पनि प्रहार गरे । ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि टोलीको खातामा ३९ रन थपे । उनले ४८ बलमा पाँच चौका हिर्काए ।

जन फ्राइलिंकले ३४ रन जोडे । उनले ५७ बलमा चार चौका पनि प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान जेन ग्रिनले टोलीको खातामा २२ रन थपे । उनले २० बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काएका थिए ।

रुबेन ट्रम्पलम्यानले अविजित २३ रन बनाए