images

हंगेरीकाे राष्ट्रपतिमा तामस सुल्योक निर्वाचित

काठमाडौं–हंगेरीका सांसदहरूले संवैधानिक अदालतका प्रमुख तामस सुलयोकलाई देशको नयाँ राष्ट्रपतिमा निर्वाचित गरेका छन् ।

मतदानमा १९९ सांसदमध्ये १४६ सहभागी थिए भने पक्षमा १३४, विपक्षमा पाँच मत खसेको थियो । ७ मत भने बदर भएको थियो । अधिकांश विपक्षी सांसदले मतदानमा भाग नै लिएनन् । सुलयोक पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएका हुन् र मौलिक कानूनअनुसार थप एक कार्यकालका लागि पुनः निर्वाचित हुन सक्नेछन् ।

उनको शपथग्रहण समारोह मार्च ५ मा हुनेछ । यसैबीच हंगेरीका सांसदहरूले उत्तरी एट्लान्टिक सन्धि संगठन नाटोमा सामेल हुन स्वीडेनको प्रश्तावमा एक विधेयकलाई अनुमोदन गरेका छन् । संसदका १९९ सांसदमध्ये १९४ जना सहभागी भएका थिए । जसमा पक्षमा १८८ र विपक्षमा ६ मत परेको थियो