
काठमाडौं– सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ ।
बैठक सोमबार बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने नेकपा एमालेले जनाएको छ । बैठकमा समसामयिक पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।
साथै, संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने रु र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ ।