images

सङ्कलन गरी राखेको खोटोमा आगलागी हुँदा १ करोड बढीको क्षति

प्युठान–मण्डवी गाउँपालिका ३ देबिस्थानमा सङ्कलन गरी राखेको खोटोमा आगलागी हुँदा १ करोड बडीको क्षति भएको छ । वैशाख ८ गते शनिवार दिउँसो २ ३० बाट लागेको आगो करिब २० घण्टा पछि नियन्त्रणमा आएको हो ।

नेपालगन्जको गङ्गा गम रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले घाट गद्दी गरेर राखेको खोटोमा आगो लागेको थियो । ६ हजार टिन (९१ लाख २ हजार केजी)खोटो स्टक रहेको थियो । जिल्ला प्रहरी कार्यालय प्युठान बाट खटिएको प्रहरी, स्थानीय लगायतको उपस्थितिमा आगो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताए ।

आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगलागी कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको थापाले बताए ।

त्यस्तै जिल्लाका विभिन्न जङ्गलमा आगलागी भैरेकोले सतकर्ता अपनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।