images

८ औं यूवा लोकतन्त्र शिविर सम्पन्न

काठमाडौ- यूथ एड्भोकेसी नेपालले आयोजना गर्दै आएको यूवा लोकतन्त्र शिविरको ८ औं श्रृंखला ललितपुरको कोटडाँडामा २०८१ असार ११ गते देखी असार १३ गते सम्म सम्पन्न भएको छ । उक्त शिविरमा ३० जना विभिन्न क्षेत्र, विधा र समुदायका यूवाहरुलाई लोकतन्त्र, मानवअधिकार, सामाजिक न्याय, संघियता, युवा नेतृत्व र सुशासनका बारेमा अभिमुखिकरण गर्ने मुख्य उदेश्यका साथ आयोजना गरिएको थियो ।

यस कार्यक्रमलाई आयोजना गर्न भि.एस.ओ. नेपाल र किओस फाउण्डेशनले सहकार्य गरिएको थियो । तिन दिन सम्म चलेको उक्त आवासीय शिविरमा स्थानिय शासन र त्यहाँको योजना चक्र र यूवाको भुमिका, उदार लोकतन्त्रका चुनौतीहरु र आगामी मार्ग, मानव अधिकार मैत्री यूवा नेतृत्व, सहभागितामुलक लोकतन्त्रका लागि यूवाको नेतृत्व, युवाको वकालत, अभियान र पैरवीमा नेतृत्व लगायतका विषयमा विषय विज्ञहरुबाट सहभागितामुलक समुह कार्य, छलफल तथा पावर प्वाईन्टको माध्यम बाट अभिमुखिकरण गर्ने कार्य भएको छ ।

पहिलो दिनमा मानवअधिकारमा आधारित यूवा नेतृत्वका बारेमा विनय कार्कीले सहजिकरण गर्नु भएको थियो । उनले मानवअधिकारका विभिन्न आयाम र विषयमा सहभागितामुलक छलफल र अन्तरकृयाको माध्यमबाट सेसनको संचालन गरेको थिए । मानव अधिकार विश्वव्यापी सगैँ स्थानिय पनि हुने भएकाले युवाले हरेक काममा मानवअधिकारको आँखाले हेर्न पर्ने उनले बताएका छन् । त्यस्तै दोस्रो दिनको पहिलो सेसनमा उदार लोकतन्त्रका चुनौतीहरु र आगामी बाटोका बारेमा प्रध्यापक डा. उद्धव प्याकुरेलले छलफलको सगजिकरण गरेका थिए । उनले लोकतन्त्रको विकासक्रम, यसको आर्थिक आयाम सगैँ नेपालमा यसको अवस्थाको वारेमा चर्चा गरेका थिए । समावेशिता, बालिक मताधिकार र नेपालमा यसको विकासक्रमका बारेमा पनि उनले सहभागितामुलक तरिकाले छलफल संचालन गरेका थिए ।

सहभागितामुलक लोकतन्त्रका लागि यूवाको नेतृत्वका बारेमा नरेन खतिवडाले छलफलको माध्यमबाट सेसन संचालन गरेका थिए । सहभागिले उक्त छलफलमा सामुहिक कार्य गरेर संघियताको पक्ष र विपक्षमा आफ्नो धारणा राखेका थिए । खतिवडाले स्वतन्त्रता र समानता सहितको राजनीतिक व्यवस्था भए मात्र लोकतन्त्र हुने बताए । स्थानिय शासन, योजना चक्र र यूवाको भुमिकाका बारेमा अधिवक्ता गणेश धामीले सेसन संचालन गरेका थिए । उनले स्थानिय तहमा हुने योजना तर्जुमा गर्दा युवा सहभातितालाई प्रोत्साहन गर्दै सबैलाई त्यस प्रकृयामा सकृय सहभाति गर्न प्रत्साहन गरेका छन् ।

निति वकालत, अभियान र पैरवीमा युवा आवाजहरुबारेमा किरण वि.क.र अधिवक्ता गिता चौधरीले छलफलको सहजिकरण गरेका थिए । वकालतको विभिन्न चरणका विषयमा उनीहरुले छलफलको सहजिकरण गरिएको थियो । सहभागिहरुले स्थानिय मुद्धालाई लिएर वकालत र अभियानको बारेका सामुहिक कार्यगर्दै प्रस्तुति गरेका थिए । लगायतका विषय विज्ञहरुबाट सहभागितामुलक समुह कार्य तथा पावर प्वाईन्टको माध्यम बाट अभिमुखिकरण गर्ने कार्य भएको छ । कार्यक्रमको अन्त्यमा सहभागीहरुले यहाँबाट सिकेका कुरालाई आफ्नो स्थानिय क्षेत्रमा लगेर काम गर्ने योजना निमार्ण गरेका थिए । आयोजक संस्थाले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेर युवा लोकतन्त्र शिविरको अन्त्य गरिएको थियो ।