images

माओवादी पदाधिकारीको बैठक जारी

काठमाडौैं–नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउने सहमतिपछि राजनीतिक तरङ्ग पैदा भएको छ । उक्त सहमति पश्चात् नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजेका देखि जारी रहेको उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए ।

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।

लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यरात सवा १२ बजे सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।