images

डीपी अर्यालले किन बोलाए रास्वपाको आकस्मिक बैठक ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक डाकेका हुन् । आज साँझ ५ः३० बजे बैठक बस्नेगरी केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिइएको छ । उपसभापति अर्यालले केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका नेताको सुझावमा बैठक आह्वान गरेका छन् । बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले सरकारले प्रतिशोध राखेको भन्दै सडक आन्दोलन गरिरहेको छ । सभापति लामिछाने पक्राउ परेपछि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन ।