
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिमाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिमाना गरिएको भन्दै एमालेलाई पत्र पठाएको हो । महानगर प्रहरी बलले पठाएको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाण्डौ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रुपैयाँ जरिमाना गरिएको उल्लेख छ ।