काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम वरिष्ठ अधिवक्ता रामनारायण विडारीले कांग्रेस महामन्त्री गगन थापाले आजिवन झुठको राजनीति गर्दै आएको आरोप लगाएका छन् । स्पेस फोरके टेलिभिजनको कार्यक्रम स्पेस सम्वादमा पत्रकार खेम बमसँगको कुराकानीमा विडारीले नपालको अहिलेको परिस्थतिले कीर्तिपुरका डाँडामाथि गएर मासिक तीन\चार लाख कमाउन असम्भव रहेको तर्क गरे । यस्तै एक फरक प्रसंगमा बोल्दै विडारीले सहकारी प्रकरणको निष्पक्ष छानवीन हुने हो भने एमाले सकिने र कांग्रेस रुखबाट लौरो बन्ने दाबी गरे । कांग्रेस एमालेका नेताहरुले सहकारीबाट विभिन्न बाहानामा अर्बौ रकम अपचलन गरेको उनको दाबी थियो । सहकारीका नामुद ठग भनिएका जीवी राईलाई अहिलेको सरकारले पक्राउ गर्न नखोजैको विडारीले आरोप लगाए ।
पुरा भिडियो तल हेर्नहोस