
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो खेलमा काठमाडौं गुर्खाज चितवन राइनोजसँग ५ विकेटले पराजित भएको छ। जितका लागि एक सय १२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छदैँ ५ विकेट गुमाएर नै लक्ष्य भेट्टाएको हो। की र्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो।