images

गैर आवासीय नेपालीहरुलाई राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा हे¥यो : बानियाँ (अन्तर्वार्ता)

एनआरएनए अमेरिका रिजन संह–संयोजक पूर्ण बानियाँले गैर आवासीय नेपालीहरुलाई राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा हेरेको बताएका छन् । स्पेस फोरके टेलिभिजनको कार्यक्रम स्पेस सम्वादमा पत्रकार खेम बमसँग कुरागर्दै बानियाँले जहाँ बसेपनि नेपालप्रति आघात माया रहेको बताए । देशमा सात वटा प्रदेश हुँदा प्रसाशनीक खर्च बढ्दै गएको र विकास खर्च कटौती भएको दाबी गरे । सरकारले अझै पनि प्रदेश संरचना बारे पुर्नविचार गर्नुपर्ने उनको राय थियो । देशमा व्यापक रुपमा बढेको भ्रष्टाचार र अनियमितताले विकासको गतिलाई अवरोध गरेको बानियाँले ठोकुवा गरे । भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई समृद्धिमा लैजानका लागि नेताहरुमा परिवर्तन हुनुपर्ने उनले बताए । आफूहरु रहरले नभएर बाध्यता विदेशीएको बताउँदै उनले विदेश पलायन भइरहेका हजारौ युवालाई स्वदेशमै रोजगारी दिन सरकारले प्रभावकारी कदम चाल्नु बताए । विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई स्वदेशमा लगानी गर्ने वातारण मिलाउन पनि उनले सरकारसँग माग गरे । यस्तै एक फरक प्रसंगमा बोल्दै बानियाँले सबैको उद्देश्य राष्ट्र निर्माण भएकाले गैर आवासीय नेपालीहरुले चुनाव लड्न पाउने व्यवस्था राज्यले गर्नुपर्ने बताए ।

भिडियो तल हेर्नुस