काठमाण्डौ । पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । सोमबार बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्म कर्णाली प्रदेशमा पनि बदली हुने विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने सबैतिर देखिने उनले बताए ।
सोमबारदेखी प्रणाली केही कमजोर हुँदै जाने लामिछानेले बताए । उनका अनुसार अहिले वर्षा भने भइसकेको छैन । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा सामान्य वर्षा हुनसक्ने सम्भावना रहेको उनले जानकारी दिए ।
महाशाखाका अनुसार अहिले रहेको पश्चिमी वायुको प्रभाव सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पर्नेछ । मौसममा बदली भएसँगै पुनःचिसो बढ्न पश्चिम नेपालबाट शुरू भएको छ । गएको मङ्सिर अन्तिम हप्ता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकोमा हिजोदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गरे ।