काठमाडौँ । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै चौधरीले दलाल पुँजीपतिहरूको लागि बनेको सरकारले श्रमिकहरूको पक्षमा निर्णय लिन नसक्ने जिकिर गरेका हुन् । श्रमिकहरूको पक्षमा आफ्नो पार्टीले संसद् र सडकमा साथ दिने भन्दै उनले अहिलेको सरकारलाई कुनै पनि हालतमा दलाल, उद्योगी र पुँजीपतिहरूको पक्षमा काम गर्न नदिने बताए । वर्तमान सरकारलाई श्रमिकको पक्षमा झुकाएरै छोड्ने उनको दाबी छ ।