
काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ः३० बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।
बैठकमा राष्ट्रिय निकुञ्जहरूको नीतिगत समस्याहरूको सम्बन्धमा निकुञ्ज प्रमुखहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।