काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन समितिले जानकारी दिए अनुसार तीन प्रदेशमा अध्यक्ष पदको अन्तिम मतपरिणाम आइसकेको छ । पछिल्लो मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवारद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
कर्णाली प्रदेशमा राईले ८२ मत पाउँदा सापकोटाले ८० मत पाएका छन् । सुदिन पौडेलले ८ मत ल्याउँदा उपदेश यादवले ५ मत पाएका छन् ।
लुम्बिनी प्रदेशमा सापकोटाले सबैभन्दा बढी ८७ मत पाएका छन् । राईले ६६ मत पाएका छन् । यसैगरी, पौडेलले २२ र यादवले जम्मा १० मत पाएका छन् ।
कोशी प्रदेशमा अध्यक्ष पदको मतगणना अन्तिम चरणमा पुगेको छ । २२० मत गणना हुँदा राईले ११६ मत पाएका छन् । सापकोटाले ४९, यादवले ३५ र पौडेलले जम्मा १८ मत पाएका छन् ।
मधेश प्रदेशमा यादवले सबैभन्दा धेरै ३० मत पाएका छन् । विजय सापकोटा र हेमन्त राईले समान २०र२० मत पाएका छन् ।
बागमती प्रदेशमा विजयले ८७ मत पाउँदा उपदेशले ५१ मत पाएका छन् भने हेमन्तले ४८ र सुदिनले १७ मत पाएका छन् ।
गण्डकी प्रदेशमा सुदिन पौडेलले ६१, विजय सापकोटाले ६०, हेमन्त राईले ३९ र उपदेश यादवले १५ मत पाएका छन् ।
सुदूरपश्चिममा विजयले ७२, हेमन्तले ५९, उपदेशले २२ र सुदिन पौडेलले १६ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना हुन बाँकी छ ।