images

सभामुख घिमिरेले आज दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । सङ्घीय संसद्को हिउँदै अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले आज संयुक्त छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरेले आज बिहान ११ बजे पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेको सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ।
यस्तै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदै छ ।