![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2025/02/Upendra-Yadav-5-1.webp?fit=1568%2C882)
काठमाडौं । अध्यादेशबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बस्दै छ ।
बैठक संसदीय दलको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा अध्यादेशबारे अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल हुने नेताहरूले जनाएका छन् ।
जसपा नेपालले कार्यकारिणी समितिको बैठकबाट उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्यादेशहरूबारे अध्ययन गरेको छ । उक्त कार्यदलले गत मंगलबार र बुधबार गरेर १० जना विज्ञसँग छलफल गरेको थियो ।
विज्ञसँगको छलफलको आधारमा कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाइसकेको छ । उक्त प्रतिवेदनउपर गत शुक्रबार समेत छलफल भएको थियो ।