images

प्रचण्डको टिप्पणी—वर्तमान सरकार २०४७ सालतिर फर्कियो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०४७ सालतिर फर्किएको टिप्पणी गरेका छन्।
आइतबार काठमाडौंमा संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको आवश्यकता विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कांग्रेस–एमाले संविधान संशोधनका लागि एक नभएको बताएका हुन्। उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आधार तयार पार्नुपर्नेमा एमाले र कांग्रेस चुकेको बताए।
अध्यक्ष प्रचण्डले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले संविधान संशोधन गर्न नभई सत्ताका लागि एक भएको आरोप समेत लगाएका छन् ।
‘अहिले पनि तपाईँ संविधान संशोधनका लागि होइन । सत्ताकै लागि सहमति गरेको हो । संविधान बनाउन खोजेको भए ६ महिनामा केही गर्नुभएन । ६ महिना शासन गरेपछि २०८७ मा संविधान संशोधन गर्ने भन्न थाल्नुभयो’, उनले भने ।
कांग्रेस र एमालेले संविधानको अभिन्न अङ्ग रहेको वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल नगरेकोमा उनले आपत्ति जनाए । । संविधाने संशोधन गर्ने हो भने शान्ति सम्झौताका एक मुख्य घटक माओवादीसँग छलफल गर्नुपर्ने धारणा राखे ।