![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2025/02/Prithivi-Subbha-Gurung_xrOKKxDgux_JltmuDU0G8.jpg?fit=1200%2C675)
काठमाडौं । सरकारले भूमिसम्बन्धी अध्यादेश लगायतका अन्य अध्यादेश सदनबाट पारित हुने दाबी गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भूमिसम्बन्धी अध्यादेश लगायत सरकारले ल्याएका सबै अध्यादेश संघीय संसद्बाट पारित हुने दाबी गरेका हुन् ।
भूमिसम्बन्धी अध्यादेश पारित नहुने हल्ला बजारु भएको भन्दै उनले जसपा नेपालले यसबारे कुनै आधिकारिक निर्णय नगरेको बताए । उनले अध्यादेशबारे सहमति खोज्न दलहरूसँग छलफल भइरहेको र सङ्क्रमणकालीन अवस्थामा नै रहेको धारणा राखे ।
प्रवक्ता गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले सदनमा पेश गरेको अवस्थामा त्यसलाई संशोधन गर्ने वा नगर्ने निर्णय सदनले गर्ने जिकिर गरे ।