images

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पानीजहाज विधेयकबारे विज्ञसँग छलफल हुने

काठमाडौं । संघीय संसद्को राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बैठक समितिको कक्ष सिंहदरबारमा दिउँसो १ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।