images
images
images

अहिलेको सरकारले घुस खाँदैन, भात रोटी मात्र खान्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने दाबी गरेका छन् ।

नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामान्य प्रतिबद्धता जनाएका हुन्।

उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरूका घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए। उनले काठमाडौं प्रहरी परिसर अत्याधुनिक भवनमा सरेकोमा उनले धन्यवाद दिँदै सेवा पनि गुणस्तरीय दिन निर्देशन दिए। कर्तव्य पालनका लागि उनले निष्पक्ष र दबाब रहित गर्न आग्रह गरे।

फरक प्रसङ्गमा ओलीले आफू हनुमान ढोकामा महिनौँ बसेको र त्यहाँको उडुससँग पनि परिचित रहेको बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS