images
images

आगामी चुनावमा कांग्रेसको बहुमत नआए पनि ठूलो पार्टी बनाउनुपर्नेमा देउवाको जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा देशकै ठूलो पार्टी बन्ने गरी तयारीमा लाग्न पार्टीका नेतारकार्यकर्तालाई निर्देशन दिएका छन्।

सोमबार रुपन्देहीमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो पार्टी बन्नसक्ने बताए।

सभापति देउवाले भने, ‘भोलिको दिनमा हाम्रो पार्टीले बहुमत ल्याउन नसके पनि सबैभन्दा ठूलो, हिजोको भन्दा ठूलो पार्टी बनाउन हामी लाग्नुपर्छ भन्नेकुरा अनुरोध गर्न चाहन्छु। हाम्रो बीचमा अनेक किसिमका मतभेदहरु हुन सक्छन्। ती सबै कुरालाई हामीले आपसमा छलफल गरेर टुंग्याउनु पर्छ। मतभेद छलफलबाट हटाएर पार्टीलाई जीवन्त बनाउनु पर्छ। हाम्रो पार्टीलाई जीवन्त पार्टी बनाउनसके मात्रै हामी अघि बढ्न सक्छौँ।’

उनले पहिलाको भन्दा ठूलो पार्टी बन्ने गरी तयारी गर्न निर्देशन दिए। नेताहरुबीचका मतभेदहरु छलफलको माध्यमबाट समाधान गरेर पार्टीलाई जीवन्त बनाउनुपर्ने बताएका छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS