
काठमाडौं । काठमाडौं महानरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन जाँदा र फर्किदाँ समस्या भए खबर गर्न आग्रह गरेको छ ।
काठमाडौं महानगर प्रहरी बलले काठमाडौं महानगरभित्र एसईई दिने विद्यार्थीलाई गन्तव्यमा पुग्न सवारीसाधन उपलब्ध नभए खबर गर्न आग्रह गरेको हो ।
महानगर प्रहरी बलले विद्यार्थीलाई गन्तव्यमा पुर्याउन सहयोग गर्ने बताएको छ । महानगर प्रहरी बल बानेश्वर, रत्नपार्क, नयाँ बसपार्क र टेकुमा खबर गर्न भनिएको छ ।
समाजवादी मोर्चा र राजावादी समूहको आज काठमाडौंमा प्रदर्शन रहेकाले बिहानैदेखि सवारी आवागमन प्रभावित भएको छ ।
https://www.facebook.com/share/p/1YFoPBnV8L/