images
images

कपाल प्रत्यारोपण र दन्त चिकित्सामा प्रख्यात भरतपुरको केयर वे अब हेटौँडामा पनि सेवा दिँदै

काठमाडौं । विगत ३ वर्ष देखि भरतपुरमा कपाल प्रत्यारोपण, दन्त र त्वचा सम्बन्धी आफ्नो सेवा दिँदै आएको केयर वे क्लिनिकले हालै हेटौँडामा पनि आफ्नो सेवा सुरु गरेको छ ।

हेटौँडा मेनरोडस्थित कपुर कम्प्लेक्सको दोस्रो तलामा अत्याधुनिक प्रविधिसहितको व्यवस्थासहित गुणस्तरीय सेवा दिने हेतुले सुरु गरिएको यस क्लिनिकमा हाल कपाल प्रत्यारोपण सेवा, चर्म रोग सम्बन्धी उपचार, दन्त चिकित्सा र सौन्दर्य सम्बन्धी विभिन्न सेवा सुरु गरिएको संस्थाकी प्रमुख कार्यकारी डा.नमुना जमरकट्टेल जानकारी दिएकी छन् ।

मकवानपुर जिल्ला लगायत यस भेगमै पहिलो पटक उक्त सेवा सुरु भएको दाबी गर्दै उनी भन्छिन्ः “भरतपुरमा ३ वर्षको अनुभव पश्चात् उक्त सेवा हेटौँडामा पनि सुरु गर्न पाउँदा गौरवान्वित भएको छु ।”

नेपालको प्राय सबै ठुला सहरहरूमा सहजै उपलब्ध भएको यो सेवा हेटौँडामा एकदम स्वागतयोग्य रहेको स्थानीय समाजसेवी एवं अभियन्ता दीपेन्द्र सिंह ठकुरीले बताएका छन् ।

उनी भन्छन्ः “हेटौँडामा स्वास्थ्य सेवा पछिल्लो समय धेरै स्तरोन्नति भएको पाइन्छ यद्यपि जनचेतनाको कमीले गर्दा अझै पनि स्थानीयहरू भरतपुर, काठमाडौँ जस्तो ठुलो सहर तिरै आकर्षित भएको पाइन्छ ।”

प्रारम्भिक समयमा विशेष छुट र योजनासहित विभिन्न सौन्दर्य सम्बन्धी सेवाहरू जस्तै हाईड्राफेसिअल, केमिकल पिलिंग, भेम्पायर पÞmेसिअल, सरिरमा रहेको मुसा, कोठी हटाउने, घाउ चोट लागेको दाग मेटाउने साथै दन्त विभागतर्फ दाँत सेतो बनाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, गिजा सुन्दर बनाउने आदि, र कपाल झर्न रोक्न पी आर पी थेरापी, जी एफ सी थेरापी र डरमा रोलरमा आकर्षक छुट रहेको संस्थाकी व्यवस्थापक श्रुति ढुङ्गेलले जानकारी दिएकी छन् ।