images
images

कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको एजेन्डाको कथा बनाएको आरोप लगाएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनस् अपेक्षा र वास्तविकता’ विषयक कार्यक्रममा बोल्दै उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि दुई ठुला दल कांग्रेस–एमालेले संविधान संशोधनको कथा बनाएको जिकिर गरेका हुन् ।

अध्यक्ष दाहालले त्यसपछि दुवै दलले संविधान संशोधन गरेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्छ भनेर कहीँ कतै सुनिएको थियो रु भनी सहभागीहरूलाई प्रश्न पनि गरेका थिए
कांग्रेस–एमालेले सरकार चाहिएपछि संविधान संशोधनको कथा हाल्न पुगेको अध्यक्ष दाहालको भनाइ थियो । उनले कांग्रेस–एमालेले विस्तृत शान्ति सम्झौतालाई वर्तमान संविधानको अङ्ग हो भन्ने कुराको मर्मलाई आत्मसात् नगरेको पनि बताएका छन् ।

अध्यक्ष दाहालले कांग्रेस–एमालेले संविधान संशोधनको एजेन्डा कहिल्यै नलिएको उल्लेख गरेका छन् । मुलुकको परिस्थिति जटिल अवस्थामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसमा ठुला दलहरू गम्भीर बन्नुपर्ने बताएका छन् ।

उनले भने, ‘परिस्थिति निकै जटिल छ । सहज छैन । हामीले सम्झौता गरेर बनाएको संविधान हो । यो संविधान शान्ति सम्झौताको अङ्ग पनि हो । हाम्रो विशेषता र हाम्रो विशिष्टतामा विस्तृत शान्ति सम्झौतालाई संविधानको अङ्ग मानिएको छ । र अघिल्लो संविधानलाई पछिल्लो संविधानले पछ्याएको छ । त्यस कारण संविधान संशोधनसँग सम्बन्धित कुरालाई ख्याल गर्दा यसबारे चर्चा परिचर्चा गर्दा शान्ति सम्झौताको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । सेना समायोजनको बारेमा, हिजोको हतियार व्यवस्थापनको बारेमा र अहिले बाँकी रहेको सत्य निरूपण तथा बेपत्ता आयोगसँग सम्बन्धित कामहरूको बारेमा पनि विचार गर्नुपर्ने हुन्छ । मेरो अब्जेक्शन कहाँ छ भने अहिले दुई ठुला राजनीतिक दलहरूले त्यसको मर्म अनुसार अगाडि बढ्नु भएको छैन । मैले अलि गम्भीर ढङ्गले भन्न चाहेको छु यो कुरा । उहाँहरूको एजेन्डा संविधान संशोधन थिएन २-४ दिन अगाडिसम्म । उहाँहरूले कहिल्यै यो संविधानको समीक्षा गर्नुपर्‍यो, संविधानले गर्दा राजनीतिक स्थिरता भएन भन्ने गर्नुभएको थिएन । तपाईँहरू कसैले सुन्नुभएको छ रु नेकपा एमाले अहिलेको प्रधानमन्त्रीको पार्टी या नेपाली काँगेसले पनि संविधान संशोधन गर्नुपर्‍यो  भनेर छलफल गरेको थिएन । होइन । उहाँहरूलाई चाहिएको सरकार थियो । माओवादी केन्द्र नेतृत्वको सरकारलाई कुनै पनि तरिकाले हटाउनै पर्ने भयो भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभएको हो । र, त्यति बेला उहाँहरूले कथा बनाउनु भयो संविधान संशोधन । संविधान संशोधन एजेन्डा होइन, उहाँहरूको अर्कै एजेन्डा हो । मैले के भन्छु भने–यदि उहाँहरूको संविधान संशोधन गर्नु थियो । र यो संविधान शान्ति सम्झौताको पनि अङ्गको रूपमा रहेको छ । त्यस कारण शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता दल र त्यसको नेतासँग संविधान संशोधनबारे छलफल, बहस गर्न हुँदैनथ्यो र । सहमति गरौँ, यो विषय मुलुकमा राजनीतिक स्थायित्वका लागि चाहियो भनेर २÷४ दिन अगाडि जति बेलासम्म म प्रधानमन्त्री नै थिए । प्रधानमन्त्रीसँग छलफल गर्न हुँदैनथ्यो त । छलफल गर्दा बिग्रिन्थ्यो त रु उहाँहरूले लुकाएर गर्नुभयो । लुकाउनु भयो । र बडो अप्राकृतिक तरिकाले आफ्नै पार्टीलाई पनि थाहा नदिई गर्नुभयो । जे गर्नुभयो, त्यो पनि कयौँ दिनसम्म नेपाली जनतालाई पनि लुकाई राख्नुभयो । ’

अध्यक्ष दाहालले संविधान राम्रोसँग कार्यान्वयन हुन नपाउँदै यसलाई असफल भयो भन्ने छुट कसैलाई पनि नभएको बताएका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS