images

कुलमानको नेतृत्वमा १६ अर्ब भ्रष्टाचार भएको लेखा समिति सभापतिको दाबी

काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सांसदभित्रै मुर्दावादको नारा लगाएका छन् ।
मङ्गलवारको  प्रतिनिधि सभा बैठकको विशेष समयमा सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका सांसद पोखरेलले डेडिकेटेड ट्रंकलाइन बक्यौताको विषयमा आफ्नो चरित्र हत्या भएको भन्दै मुर्दावादको नारा लगाएका हुन् ।
पोखरेलले डेडिकेटेड ट्रंकलाइन बक्यौताको विषयमा प्राप्त प्रमाण तथ्यहरू भएको भन्दै प्राप्त प्रमाण तथ्यहरूलाई कसैले असत्य प्रमाणित गरे टुँडिखेलमा झुन्डिन तयार रहेको बताए । डेडिकेटेड ट्रंकलाइन बक्यौताको विषयमा अख्तियारमाथि पनि प्रश्न उठेको उनको भनाइ छ ।
पोखरेलले  विद्युत् प्राधिकरणको १६ अर्ब छुट दिने क्रान्तिकारी हुने तर २२ अर्ब उठाउनुपर्छ भन्ने भ्रष्टाचारी कसरी हुन्छ ? भन्दै प्रश्न गरे । पोखरेलले आफूलाई विद्युत्को बक्यौता महसुल उठाउनु पर्छ भन्दा भ्रष्टाचारीको आरोप लगाइएको गुनासो पनि गरे ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम असुलीबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गरे ।
सांसद शाहीले पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने पनि बताए ।