images
images

के हो आँखा पाक्ने समस्या, कसरी बच्ने ?

बुटवल । आँखा हेर्दा सानो हुन्छ तर त्यसभित्र समुद्रजस्तै विशाल हुन्छ आँखा हाम्रो शरीरको एक संवेदनशील अंग हो । दृश्य परिप्रेक्ष गर्ने आँखा नभएको अवस्थामा साँच्चै नै जिन्दगी अन्धकारमय बन्न पुग्छ । यो अन्य अंगहरुको तुलनामा निकै नै संवेदनशील हुने भएकोले हामीले यसको उचित स्याहार तथा हेरचाह गर्नु पर्दछ । अन्यथा सानो लापरवाहीका कारण पनि आँखामा विभिन्न समस्याहरु देखा परी ज्योती नै गुम्न सक्ने डर पनि उत्तिकै रहन्छ तसर्थ, हामीले आँखाको स्याहार उचित मात्रामा गर्नुपर्दछ ।

आँखामा देखिने विभिन्न समस्याहरुमध्ये आँखा पाक्ने समस्याबारे सबैले जान्यौ ।यो समस्या एक प्रमुख समस्या हो । सामान्यतयाः बाह्रैै महिना देखिएता पनि गर्मी महिनामा यो समस्याबाट पीडित हुनेको संख्या तुलनात्मक रुपमा बढी हुन्छ ।

गर्मीको समयमा तामक्रम बढदा आँखामा आसुको मात्रा कम हुन्छ । जसले गर्दा आँखाको भित्री भाग सुख्खा हुन जान्छ र गर्मीमा असर बढी हुनुका साथै बाहिरी आद्रता पनि बढी हुने भएकोले धेरैजसो ब्यक्तिहरुमा गर्मी महिनामा नै यस्तो समस्याहरु बढी देखिन्छ बढ्दो प्रदूषण र वर्षायामका कारण हिजोआज आँखा पाक्ने रोग खासगरी धेरै बालबालिकामा
देखिन थालेको छ ।

किन पाक्छ आँखा , आँखा पाक्ने रोग के हो ?

आँखा पाक्ने रोगलाई कन्जनटिभाइटिस पनि भनिन्छ ।
आँखा पाक्नुका विभिन्न कारण छन्। जस्तैः इन्फेक्सन (ब्याक्टेरिया र भाइरस) ले एलर्जी र आँखामा केमिकल परेर पनि आँखा पाक्छ
आँखा पाक्ने रोग एक किसिमको सरुवा रोग हो । जसकारण यो एक ब्यक्तिबाट अर्काेमा सर्ने पनि हुन्छ । आफू बाहेकका अन्य ब्यक्तिले प्रयोग गरेको चश्मा तथा लेन्स प्रयोग गर्दा पनि यो एक ब्यक्तिबाट अर्काेमा सर्ने हुन्छ यस्तै, आँखाको सरसफाइमा हुने कमीका कारण पनि यो रोग निम्तिन सक्छ । अरुबाट सर्ने, आफ्नै फोहोर हातले आँखा छुने गर्दा आँखा पाक्ने हुन्छ । कति मान्छेको आँखाभरि चाया हुन्छ, धेरैले राम्ररी मुख धुँदैनन् यसले गर्दा आँखा पाक्ने हुन्छ । सधैं सफा रहने गर्नाले यसबाट बच्न सकिन्छ ।

आँखा पाक्ने रोगका लक्षणहरू :
आँखा रातो हुनु
आँसु आइरहनु
आँखा पोल्नु
कचिरा आउने तथा आँखा बिझाएजस्तो हुनु
घाममा हिड्न गाह्रो हुनु
उज्यालोमा हेर्न नसकिनु
आँखा सुख्खा भएर चिलाउनु
दृष्टि धमिलिदै जानु
आँखा तथा आँखा वरपर को भाग सुन्निनु ।

यी समस्याबाट बच्न के गर्ने ?

१. आँखामा जथाभावी औषधिको प्रयोग नगर्ने आँखाको सरसफाइमा विशेष ध्यान दिने

२.फोहोर हात वा हात नपखाली आँखा नमाड्ने र कचेरा आएमा आँखालाई हातले नछुने

३. आँखालाई हातले छोइहालेमा साबुन पानीले हात धुने

४. आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिसियु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ ।

५. गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्न

६. आँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने

७. आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने

८. आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्ने

९. आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने

१०.आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने त्यस्ता बिरामीसंग हेलमेल हुँदा अलि होसियारी अपनाउने

उपचार :
हाम्रो समाजमा आँखा पाक्यो भने दुईचार दिनमा निको हुन्छ भनेर बजारबाट आफूखुसी औषधि किनेर लगाउने चलन छ। बजारमा पाइने औषधिले तुरुन्तै आँखा निको भए पनि भविष्यमा मोतिविन्दु, जलविन्दु जस्ता समस्या हुन सक्छ त्यसैले
आँखा सम्बन्धि केही समस्या परेमा तुरुन्त डाक्टरसँग परामर्श लिएर सोही अनुरुप औषधिको प्रयोग गर्ने ।

शुभेक्षा भट्टराई, दृष्टि विशेषज्ञ
लेखक श्री कृष्ण नेत्रालयमा कार्यरत छिन् ।