images
images

कैलालीका झपट शाहलाई रुस सरकारबाट उत्कृष्ट सम्मान र पुरस्कार

काठमाडौं । कैलाली घर भई रुसी सेनामा कार्यरत झपटबहादुर शाह त्यहाँको सरकारबाट सम्मानित भएका छन् ।

करिब १ वर्ष रुसी सेनाका तर्फबाट युक्रेनसँग लडाईं लडेका शाहले त्यहाँको सरकारबाट उच्च सम्मान प्राप्त गरेका हुन् ।

लडाईंमा रहँदा उच्च अनुशासन, पारस्पारिक सहयोग, मितव्ययी र उत्कृष्ट कार्यसम्पादनको मुल्यांकन गर्दै रुसी सरकारले पाँचलाख (रुबल) राशीको पुरस्कार शाहलाई प्रदान गरेको हो । युक्रेनसँगको लडाईंमा घाइते हुँदा समेत आफ्नो डिउटी र कर्तव्यप्रति बफादार रहेका शाह यति ठूलो धनरासीको रुसी पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

लडाईंका बेला धेरै नेपालीले ज्यान गुमाउनु परेको पीडाका बीच आफूले यो पुरस्कार प्राप्त गर्दा सिंगो नेपालीको शीर एकपटक उच्च रहेको अनुभूति गरेको शाहले बताए । नेपालीहरु विश्वका जुनसुकै कुनामा गएपनि आफ्नो इमान र साहसलाई कहिल्यै कम गर्दैनन् भन्ने उदाहरण शाहले प्रस्तुत गरेका छन् । लडाईंको बीचमा ज्यानै जोगाउन मुस्किल पर्दा समेत शाह मोर्चाको अग्रभागमा उभिँदै आएका थिए ।

पुरस्कार र सम्मान प्राप्त गरेपछि शाहले भने, ‘ठूलो जोखिमका बीच १ वर्षसम्म युद्धको मोर्चामा खटिँदा रुसी सरकारले गरेको मूल्यांकन प्रति आभारी छुँ, लडाईंमा ज्यानको प्रवाह थिएन, डर भन्ने हराइसकेको थियो, शवमाथि कैँयन रात सुतियो, युक्रेनले प्रहार गरेको मिसाइल लागेर घाइते हुँदा केही रात भोकै बस्दापनि मर्छु भन्ने लागेन, युद्ध के रहेछ रुस–युक्रेनको हेर्दा हुन्छ ।’ उनले थपे, ‘स्थलगत सीधा लडाईं भएको भए रुसले पहिले नै युक्रेन कब्जा गरिसक्थ्यो, यो त प्रविधिमैत्री लडाईं हो, कतिबेला कुन ठाउँबाट मिसाईल आउँछ पत्तै हुन्थेन ।’

पछिल्लो समय साहसिक लडाईंमा सक्रिय भएका नागरिकहरुलाई भ्लादिमिर पुटिन सरकारले पुरस्कृत गर्दै आएको छ । नेपालमा शाहको घर अछाम जिल्ला बान्नीगढी–जयगढ गाउँपालिका दर्ना, तोल्यानमा पर्दछ ।

शाहले रुस सरकारबाट पाए उत्कृष्ट सम्मान र पुरस्कार:

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS