images
images
images

कोसीका मुख्यमन्त्री कार्कीले दोस्रो पटक पनि पाए विश्वासको मत

काठमाडौं । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्।

दुई तिहाइ मतसहित मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गरेका हुन्।

मत विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६  मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। नेकपा  एकीकृत समाजवादीका २ जनाले भने मतदान गरेनन्। सभामा प्रदेश बैठकमा ८३ सदस्य उपस्थित रहेका थिए।

यसअघि मुख्यमन्त्री  कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनले आज पुनः विश्वासको मत लिनुपरेको हो।

कोसी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छन्। नेकपा एमालेका ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ प्रदेश सभा सदस्य छन्।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS