images

गायक मोहन थापाको मन छुने स्वरमा “जब यादले सताउँछ” सार्वजनिक (भिडिओसहित)

काठमाडौं । गायक मोहन थापाको स्वरमा नयाँ गीत “जब याद ले सताउँछ” सार्वजनिक भएको छ।

जीवनका भावनात्मक पक्षलाई चित्रण गर्ने यस गीतमा गीतकार कुमार जोशीको शब्द रचना रहेको छ।

गीतलाई संगीत संयोजन तथा निर्माण विक्रम कार्कीले गरेका छन्। गीतको निर्माणमा ज्योति भण्डारीले निर्माता का रूपमा महत्वपूर्ण भूमिका निभाएकी छिन्।

यस गीतमा गायक थापालाई कोरसमा बिनोद श्रेष्ठले साथ दिएका छन् भने बाँसुरीमा नरेन्द्र विक्रम राईको सुन्दर धुनले संगीतलाई अझ मनमोहक बनाएको छ। रेकर्डिङ कार्य भेनस रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो।

भिडियो निर्माण नियोन क्रिएसन स्टुडियोजको ब्यानरमा गरिएको हो। भिडियो निर्देशन, छायांकन र सम्पादन सबै जिम्मेवारी नितेश लामा ९नियोन० ले सम्हालेका छन्।

भिडियोमा दीपेन्द्र खत्री र अनिसा ओलीको आकर्षक अभिनय देख्न सकिन्छ। मेकअप आर्टिस्टको रूपमा एन्जेला लामाको योगदान रहेको छ भने भिडियोको छायांकन एडी उज्यल भिल्लामा गरिएको हो।

सार्वजनिक गीतले प्रेम, सम्झना र जीवनका भावनात्मक संवेदना ,जीवनका भावनात्मक उतारचढाव, मायाका सम्झनाहरू र वियोगका पीडालाई हृदयस्पर्शी शब्द र धुनमार्फत उजागर गरेको छ। गायक मोहन थापाले यसलाई आफ्नो जीवनसँग नजिकको भावनासँग जोडिएको गीत भन्दै दर्शक–श्रोतालाई मन छुने अपेक्षा व्यक्त गरेका छन्।