images
images
images

गुरुङलाई ओलीको निर्देशन: सार्वजनिक रुपमा बोल्दा विचार पुर्‍याउनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई सार्वजनिक रुपमा बोल्दा विचार पुर्‍याउन सचेत गराएका छन् ।

पोखरामा आयोजित एक कार्यक्रममा मन्त्री गुरुङले प्रहरी समायोजनका सन्दर्भमा ‘आइजीपीको जिब्रो थुत्नुपर्ने’ भनी बोलेका ेविषयलाई लिएर प्रधानमन्त्रीले बोल्दा भाषा प्रयोगमा ख्याल गर्न सचेत गराएका हुन्।

‘मैले सन्दर्भवस् बोलेको कुराले अहिले तरंग पैदा गरेको छ। यस विषयमा प्रधानमन्त्रीले पनि मलाइ चासो राख्नुभयो।’ एक कार्यक्रममा बोल्दै गुरुङले भने, ‘मैले उहाँलाई सबै सन्दर्भ बताएँ । उहाँले तपाईं प्रवक्ता हुनुहुन्छ। बोल्दाखेरी विवादमा आउनेखालको भाषा प्रयोग नगर्नूस । हरेक कुरामा लामो लामो बोल्ने बानी छ, छोटो बोल्ने गर्नूस् भन्नुभयो । मैले त्यसलाई स्वीकार गरेँ।’

उनले आफूलाई सोधपुछ गरी सचेत गराएको र सुझाव दिएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। उनले आफूले पनि अब बोल्दा सचेत हुने बताएका छन्।

एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्ने क्रममा प्रहरी समायोजनमा महानिरीक्षकले असहयोग गरेको आरोप लगाउँदै आपत्तिजनक अभिव्यक्ति दिएका हुन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS